२०८३, ३ भाद्र बिहीबार

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते


अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

स्थानीय स्रोत अनुसार म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी परशुराम नगरपालिका–१० का २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको छ।

दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्। उनका अनुसार उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट धनगढी रेफर गरिएको छ। अटोमा चालकसहित तीन जना सवार थिए।

प्रहरीका अनुसार अटो चालक गोपाल मगर फरार छन् भने जिप चालकलाई नियन्त्रणमा लिइएको छ। जिपमा सवार तीनै जना सकुशल रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय जोगबुडाले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२, १२ पुस शनिबार  १० : ०७ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती