२०८३, ११ कार्तिक बुधबार

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र


धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न सकेको छैन। २४ भदौमा भएको आन्दोलनमा प्रदेश सभा भवनमा आगजनी र तोडफोड हुँदा भौतिक संरचना ध्वस्त भएकाले बैठक स्थगित भएको हो।

यस कारण प्रदेश सभा सचिवालयमा दर्ता भएका पाँच वटा विधेयक अगाडि बढ्न सकेका छैनन्। दर्ता भएका विधेयकमा केही वन ऐन संशोधन, टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन र व्यवस्थापन, बडघर भलमन्सा प्रथा, दलित सशक्तिकरण संशोधन र स्थानीय सेवा सम्बन्धी ऐन संशोधन रहेका छन्।

सचिवालयका सचिव देवबहादुर बोगटीले भने, “ध्वस्त संरचनाको मर्मत र पुनःनिर्माणको काम जारी छ। कुर्सी, टेबल र माइक जडानको काम चलिरहेको छ। संरचना तयार नभएसम्म बैठक बस्न सक्दैन।”

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख भीमबहादुर भण्डारीसँग छलफल गरी बैठक चाँडो बोलाउन आग्रह गरेका छन्। कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले संरचना निरीक्षण गर्दै बैठक बोलाउने तयारीको जानकारी दिएका छन्।

एमालेका मल्लले भने, “प्रदेश सभाको बैठक सञ्चालन गरेर ऐन, कानुन निर्माणको काम अघि बढाउनु जरुरी छ। प्राविधिक तयारी पूरा भएपछि केही दिनमा बैठक बस्छ।” धामीले पनि बैठक चाँडै बोलाउने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २०८२, १२ पुस शनिबार  १० : ०४ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा