२०८३, ११ कार्तिक बुधबार

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी


सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनका अनुसार कमलामाई नगरपालिका–४ अन्तर्गत पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्मको क्षेत्रमा आज साँझ ८ः३० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू लागू गरिएको हो। पुस ६ गते कमलामाई नगरपालिका–४ को धुरा बजारमा भएको घटनापछि स्थिति थप चर्किँदै गएको र स्थानीयवासीबाट ढुङ्गामुढा प्रहार, हुलदङ्गा तथा अवाञ्छित गतिविधि बढेको निष्कर्षसहित कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार ती गतिविधिले जिल्लाको शान्ति–सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेपछि प्रशासन बाध्य भएर कर्फ्यू लागू गर्नुपरेको हो। कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक सर्वसाधारण तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। साथै, कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन तथा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्देशन दिइएको छ। प्रशासनले कर्फ्यू आदेशको पूर्ण पालना गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १० पुस बिहीबार  ८ : ५७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता