२०८३, १० असार बिहीबार

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी


सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनका अनुसार कमलामाई नगरपालिका–४ अन्तर्गत पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्मको क्षेत्रमा आज साँझ ८ः३० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू लागू गरिएको हो। पुस ६ गते कमलामाई नगरपालिका–४ को धुरा बजारमा भएको घटनापछि स्थिति थप चर्किँदै गएको र स्थानीयवासीबाट ढुङ्गामुढा प्रहार, हुलदङ्गा तथा अवाञ्छित गतिविधि बढेको निष्कर्षसहित कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार ती गतिविधिले जिल्लाको शान्ति–सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेपछि प्रशासन बाध्य भएर कर्फ्यू लागू गर्नुपरेको हो। कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक सर्वसाधारण तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। साथै, कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन तथा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्देशन दिइएको छ। प्रशासनले कर्फ्यू आदेशको पूर्ण पालना गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १० पुस बिहीबार  ८ : ५७ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा