२०८३, १० असार बिहीबार

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित


काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दर्ता भएका उम्मेदवारमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार, यी ११ पदमा एकल उम्मेदवारी परेपछि उनीहरू स्वतः निर्वाचित भएका हुन्।

प्रदेश–स्तरमा महिला केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भए। मधेशी कलस्टरबाट युवा सदस्यमा अमरकुमार यादव निर्विरोध चयन भए, जबकि अर्को पद रिक्त रहेको छ। समावेशी मुस्लिम महिला केन्द्रीय सदस्यमा खाजिदा खातुन सिद्धकी, समावेशी श्रमिक महिलामा कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन्।

पिछडिएको क्षेत्रकी महिला सदस्यमा वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

पार्टीको अनुशासन आयोगमा अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्। लेखा आयोगमा अध्यक्ष डा. पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिव ईश्वरीप्रसाद खरेल निर्विरोध चयन भएका छन्।

प्रकाशित मिति : २०८२, २९ मंसिर सोमबार  ११ : ३८ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा