२०८३, १० असार बिहीबार

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार


काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा उपमेयर जितेको नेकपा एमालेले ती चारै महानगरपालिकाका निर्वाचित उपमेयरलाई केन्द्रीय सदस्य पदको उम्मेदवार बनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका चारै उपमेयरमध्ये तीन जना नयाँ अनुहार हुन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ भने दोस्रो पटक केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी हुन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला पहिलो पटक केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

सुनिता डंगोल हाल एमाले केन्द्रीय स्थानीय तह विभागकी सदस्य हुन् भने मञ्जली शाक्य बज्राचार्य ललितपुर जिल्ला कमिटीकी उपसचिव हुन् ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला भने यसअघि मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदका लागि उम्मेदवार बनेकी थिइन्, जहाँ उनी पराजित भएकी थिइन् ।

प्रकाशित मिति : २०८२, २९ मंसिर सोमबार  ४ : २० बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा