२०८३, २० आश्विन बुधबार

एमालेको ११औँ महाधिवेशन : प्रतिगमनविरुद्ध पूर्ण निर्णायक झट्का दिने, महासचिव पोखरेल

एमालेको ११औँ महाधिवेशन : प्रतिगमनविरुद्ध पूर्ण निर्णायक झट्का दिने, महासचिव पोखरेल

उद्घाटनमा ऐतिहासिक जनप्रदर्शन: नेतृत्व चयनमा पूर्ण लोकतान्त्रिक प्रक्रिया


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आगामी नेतृत्व चयनमा केन्द्रित हुने र प्रतिगमनविरुद्ध निर्णायक भूमिका खेल्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, “महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहने छन्।” उनका अनुसार पार्टीको भावी कार्यदिशा, संरचना र विधानसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू महाधिवेशनले अन्तिम रूप दिइसकेको छ।

उहाँले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठुलो ऐतिहासिक प्रदर्शन हुने दाबी गर्दै सबैलाई तलसम्म लाग्न आग्रह गर्नुभयो।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनर्निर्माण जस्ता मूल राजनीतिक एजेण्डामा केन्द्रित रहने बताए। उनले युवा पुस्ता, विशेषतः जेन–जेड मैत्री संरचना निर्माणमा जोड दिने र महिलाको सहभागिता तथा नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि हुने बताए।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा वाग्मती प्रदेशलाई विशेष प्राथमिकता दिइएको र प्रदेश संगठन सुदृढ बनाउने तथा राजनीतिक अभियान प्रभावकारी बनाउने उद्देश्यसहित वाग्मती केन्द्रबिन्दु बनाइएको जानकारी दिए।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ६ : २२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको