२०८३, १८ भाद्र शुक्रबार

एनपिएलमा आज दुई रोचक खेल : विराटनगर–जनकपुर र कर्णाली-सुदूरपश्चिम भिड्दै

एनपिएलमा आज दुई रोचक खेल : विराटनगर–जनकपुर र कर्णाली-सुदूरपश्चिम भिड्दै


कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सोमबार दुई खेलको आयोजना हुँदैछ। पहिलो खेल पौने १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेलिनेछ।

पहिलो खेल:
विराटनगर किंग्सले तेस्रो खेल खेल्दैछ। अपराजित विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले हराइसकेको छ। टिमको नेतृत्व सन्दीप लामिछानेले गरेका छन्।

जनकपुर बोल्ट्सले भने दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा उनीहरू काठमान्डु गोर्खाजसँग पराजित भएका थिए। कप्तान अनिल साहको नेतृत्वमा जनकपुरले खेलाडीहरूको सशक्त टिममा विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति लगायतका खेलाडीहरू छन्।

दोश्रो खेल:
कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तेस्रो खेलमा भिड्दैछन्। सुदूरपश्चिमले अघिल्ला दुवै खेलमा जीत हात पारेको छ। कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो।

कर्णालीको कप्तानी सोमपाल कामीले गरेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन्। दुबै टिममा अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ, जसले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको आशा बढाएको छ।

एनपिएलका खेलहरूले नेपाली क्रिकेटमा दर्शकलाई उत्साहित गर्दै प्रतिस्पर्धात्मक क्रिकेटलाई प्रवर्द्धन गरिरहेका छन्। आजको दिन मैदानमा खेलाडीहरूको प्रदर्शन र टिम रणनीतिले प्रतिस्पर्धाको नतिजा निर्धारण गर्नेछ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ८ : ४८ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन