२०८३, ८ भाद्र मंगलबार

ट्रम्पको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार

ट्रम्पको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार


जेनेभा । अमेरिकाले रूस–युक्रेन युद्धका लागि तयार पारेको २८ बुँदे शान्ति योजनामा संशोधन गरिएको छ। आइतबार जेनेभामा अमेरिकी र युक्रेनी उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भएको वार्तामा नयाँ खाका तयार भएको रोयटर्सले जनाएको छ।

संशोधित योजनामा युक्रेनको सुरक्षा ग्यारेन्टी बलियो बनाइने, सेनाको आकार ६ लाखभन्दा बढी राख्न पाउने र सीमा–भूभागसम्बन्धी निर्णय फ्रन्टलाइनको आधारमा हुने उल्लेख छ। यसअघि ट्रम्प प्रशासनले युक्रेनलाई भूभाग छाड्नुपर्ने र सेना घटाउनुपर्ने प्रस्ताव राखेपछि तीव्र आलोचना भएको थियो।

वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रूबिओ र रक्षामन्त्री पिट हेगसेथ सहभागी थिए। रूसले हालै आक्रमण तीव्र पारेका बीच संशोधित योजना तयार भएको हो।

शान्ति योजना अघि बढाउन ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच यसै साताभित्र भेट वार्ता हुने ह्वाइट हाउसले जनाएको छ। युक्रेनलाई बिहीबारसम्म सहमत जनाउन समय दिइएको भए पनि आवश्यक परे समय बढाइने अमेरिकाले संकेत गरेको छ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ८ : ४२ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र