२०८३, २० आश्विन बुधबार

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल


काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।

पार्टी स्रोतका अनुसार, आजको बैठकमा ११ औं महाधिवेशनको तयारीबारे छलफल गरिनेछ। एमालेको महाधिवेशन आगामी मंसिर २७, २८, र २९ गते काठमाडौंमा हुने छ। यस महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि चयन मंसिर १३ गते देशभर एकैदिन गरिने छ।

सचिवालय बैठकको अर्को प्रमुख एजेन्डा भनेको प्रतिनिधि सभा पुनःस्थापनाबारेको छलफल हुनेछ। एमालेले प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा लिएर जनपरिचालनलाई तीव्रता दिएको छ। यसअघि बसेको सचिवालय बैठकले अदालत जाने तयारी गरिरहको भए पनि पार्टीले हालसम्म अदालतमा निवेदन दिएको छैन।

तर, एमालेले शुक्रबार अदालत जान तयारी गरेको छ। केही दिनअघि बसेको विघटित संसदीय दलको बैठकले यो कार्यको जिम्मेवारी निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई दिएको थियो। सांसदहरू अधिकांशले यसमा हस्ताक्षर गरिसकेका छन्।

यसबाहेक, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एमालेले जनाएको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ७ : ३३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको