२०८३, १८ आश्विन सोमबार

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त


काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।

पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नाताले यादवलाई आइतबारकै मितिमा मुख्यमन्त्री नियुक्त गरिएको हो। यसअघि असोज २९ गते सातदलीय गठबन्धनको समर्थनमा लोसपा नेता सोनल मुख्यमन्त्री बनेका थिए। तर विश्वासको मत नपाउने अवस्था बनेपछि उनले कात्तिक २२ गते प्रदेशसभाबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृत भए पनि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान नगरेकी थिइन्। तर आइतबार बेलुकी उनले संविधानको धारा १६८(३) अनुसार एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

भण्डारीले अस्वस्थता जनाउँदै बिहान जनकपुरबाट काठमाडौं प्रस्थान गर्ने तयारी गरेकी थिइन्। उनलाई मुख्यमन्त्री सोनलले स्वास्थ्य लाभको शुभकामना दिँदै बिदाइ गरेका थिए। तर बर्दिबास–सिन्धुली सिमानास्थित एक होटलमा पुगेर उनले यादवलाई नियुक्तिपत्र प्रदान गरेकी थिइन्। त्यही होटलमै उनले यादवलाई पद तथा गोपनीयताको शपथ पनि गराएकी थिइन्।

यो घटनापछि मधेशको राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ। पूर्वमुख्यमन्त्री सोनलले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, “मधेश प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले मधेशको अस्मिता समाप्त पार्ने खेल गरिन्।” यसअघि सातदलीय गठबन्धनका नेताहरूले संविधानको धारा १६८(२) बमोजिम गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुख कार्यालय अगाडि प्रदर्शन गरेका थिए।

मधेश प्रदेशसभामा नेकपा (एमाले) २५ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा रहेको छ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ९ : १४ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम