२०८३, ११ कार्तिक बुधबार

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु


काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ६ वर्षपछि बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ। यो उनीहरूको सन् २०१९ पछिको पहिलो प्रत्यक्ष भेट हो। दुवैले हात मिलाएर अभिवादन गरेपछि औपचारिक रूपमा द्विपक्षीय वार्ता सुरु भएको थियो।

बैठकको सुरुवातमा ट्रम्पले भने, “हाम्रो यो भेट सफल हुनेछ भन्नेमा मलाई कुनै शंका छैन। सी एक कडा तर समझदार वार्ताकार हुन्। हामी एकअर्कालाई राम्ररी चिन्छौं।” वार्तामा मुख्य रूपमा व्यापार सम्झौता, ताइवान क्षेत्रीय विवाद र फेन्टेनाइल ड्रग तस्करी नियन्त्रणका विषयमा छलफल हुने बताइएको छ। यसलाई विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको व्यापार तनाव घटाउने प्रयासको रूपमा हेरिएको छ। बैठक अघि जिनपिङले ट्रम्पको शान्ति र युद्ध रोक्ने प्रयासको प्रशंसा गर्दै भने, “चीन र अमेरिका सधैं सबै विषयमा सहमत नहुन सक्छन्, तर दुवै देशबीच संवाद र सहकार्य आवश्यक छ। चीनको विकास ट्रम्पको अमेरिकालाई पुनः महान बनाउने सोचसँग समान दिशामा अघि बढ्छ।”

ट्रम्प चीनसँग नयाँ व्यापार सम्झौता गर्न चाहन्छन्। यसमा अमेरिकी सोयाबिन खरिद र दुर्लभ खनिजमा रोक हटाउने जस्ता विषय समावेश छन्। अमेरिकाले हाल चीनबाट आउने सामानमा ३० प्रतिशत भन्सार शुल्क लागू गरेको छ। नोभेम्बर १ देखि १०० प्रतिशत कर र कडा व्यापार नियम लागू गर्ने चेतावनी दिएको सन्दर्भमा यो वार्ता भइरहेको हो। ट्रम्पले रुस–यूक्रेन युद्ध अन्त्यका लागि पनि चीनको सहयोग चाहेका छन्। हाल चीन रुसबाट कम तेल खरिद गर्दै आएको बताइएको छ।

ताइवान मुद्दा पनि बैठकको मुख्य एजेन्डामा छ। चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ भने अमेरिका ताइवानलाई हतियार उपलब्ध गराउँदै आएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, “ताइवानलाई त्याग्नु कुनै व्यापार सम्झौतासँग जोडिने छैन। ताइवानको चिन्ता जायज छ।” यो भेटलाई बीजिङ र वासिङ्टनबीच बढेको कूटनीतिक दूरी घटाउने महत्त्वपूर्ण प्रयासको रूपमा विश्लेषकहरूले लिएका छन्।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  १० : ४० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता