२०८३, ३ भाद्र बिहीबार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने


काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार) साँझसम्ममा थप शक्तिशाली हुँदै गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभागले जनाएको छ।

यो चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने क्रममा ९० देखि १०० किलोमिटर प्रति घण्टासम्मको तीव्र गतिमा हावा चल्ने पूर्वानुमान गरिएको छ। तमिलनाडु, आन्ध्र प्रदेश र ओडिशाका केही भागमा भारी वर्षा र बलियो हावा चल्ने चेतावनी जारी गरिएको छ।

भारतीय मौसम विभागका अनुसार ‘मोन्था’ आज बेलुका वा राततिर काकिनाडा, मछलीपट्टनम र कलिंगपट्टनमबीचको तट पार गर्न सक्नेछ। यसका कारण समुद्रमा उथलपुथल र तटीय क्षेत्रमा क्षति हुने सम्भावना रहेको बताइएको छ। नेपालका मौसमविद्हरूका अनुसार, बंगालको खाडीमा विकसित भएको यो चक्रवातको अवशिष्ट प्रभाव केही दिनमै नेपालमा प्रवेश गर्नेछ। बिहीबारदेखि यसको असर पूर्वी नेपालमा देखिने र क्रमशः कोशी प्रदेश, मधेश हुँदै मध्यम तथा पश्चिमी भूभागसम्म फैलिने अनुमान गरिएको छ।

यस अवधिमा पूर्वी क्षेत्रमा मध्यमदेखि भारी वर्षा, कतिपय ठाउँमा तीव्र हावा र चट्याङको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद्हरूले किसान, यातायात व्यवसायी र सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्दै, खुला आकाशमा गतिविधि नगर्न र नदी किनारका क्षेत्रमा सतर्क रहन सिफारिस गरेका छन्।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  ११ : ०३ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती