२०८२, २७ कार्तिक बिहीबार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने


काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार) साँझसम्ममा थप शक्तिशाली हुँदै गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभागले जनाएको छ।

यो चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने क्रममा ९० देखि १०० किलोमिटर प्रति घण्टासम्मको तीव्र गतिमा हावा चल्ने पूर्वानुमान गरिएको छ। तमिलनाडु, आन्ध्र प्रदेश र ओडिशाका केही भागमा भारी वर्षा र बलियो हावा चल्ने चेतावनी जारी गरिएको छ।

भारतीय मौसम विभागका अनुसार ‘मोन्था’ आज बेलुका वा राततिर काकिनाडा, मछलीपट्टनम र कलिंगपट्टनमबीचको तट पार गर्न सक्नेछ। यसका कारण समुद्रमा उथलपुथल र तटीय क्षेत्रमा क्षति हुने सम्भावना रहेको बताइएको छ। नेपालका मौसमविद्हरूका अनुसार, बंगालको खाडीमा विकसित भएको यो चक्रवातको अवशिष्ट प्रभाव केही दिनमै नेपालमा प्रवेश गर्नेछ। बिहीबारदेखि यसको असर पूर्वी नेपालमा देखिने र क्रमशः कोशी प्रदेश, मधेश हुँदै मध्यम तथा पश्चिमी भूभागसम्म फैलिने अनुमान गरिएको छ।

यस अवधिमा पूर्वी क्षेत्रमा मध्यमदेखि भारी वर्षा, कतिपय ठाउँमा तीव्र हावा र चट्याङको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद्हरूले किसान, यातायात व्यवसायी र सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्दै, खुला आकाशमा गतिविधि नगर्न र नदी किनारका क्षेत्रमा सतर्क रहन सिफारिस गरेका छन्।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  ११ : ०३ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई