२०८३, २० आश्विन बुधबार

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा


काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। नेपाल प्रहरीले कानूनबमोजिम उनलाई कारबाही गर्ने तयारी गरेको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले साउन ५ गते विद्युतीय कारोबार ऐन अन्तर्गत सुनारलाई पक्राउ गर्न आदेश जारी गरेको थियो। सोही आदेशअनुसार प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो। यसअघिका साउन २ गते अदालतले सुनारलाई दोषी ठहर गर्दै कारबाही अघि बढाउन निर्देशन दिएको थियो।

त्यसैगरी, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते तोडफोड तथा हातपातसम्बन्धी मुद्दामा पनि पक्राउ पुर्जी जारी गरेको छ। प्रहरी कार्यालयमा सुनारविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले भने, “पक्राउ पुर्जी जारी भएमा कानूनबमोजिम कारबाही हुन्छ। मान्छे को हो भनेर हेर्ने होइन, आदेश अनुसार काम अघि बढ्छ।”

सुनारविरुद्ध जारी भएका विभिन्न जिल्लाका मुद्दा र पुर्जीको आधारमा प्रहरी कारबाही अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ कार्तिक आईतबार  ३ : ४५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको