२०८३, ३० भाद्र बुधबार

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी, अध्यक्ष ओलीको निर्णायक सम्बोधनको तयारी

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी, अध्यक्ष ओलीको निर्णायक सम्बोधनको तयारी


काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक तेस्रो दिन आज पनि ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा जारी छ। बैठकमा अझै बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले धारणा राखेपछि आजै बैठक सकिने भएको छ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, आज करिब १५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार राख्ने छन्। उनका अनुसार अझै करिब ५० जना सदस्यहरू बोल्न बाँकी छन्। गौतमले भने, “बोल्न बाँकी नेताहरूलाई तीन मिनेटकै समय दिइनेछ। बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले सबै सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिँदै निर्णायक सम्बोधन गर्नुहुनेछ।”

बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत विशेष राजनीतिक प्रस्ताव माथि तीव्र बहस र सुझावहरू जारी छन्। सदस्यहरूले वर्तमान राजनीतिक संकट, सरकारले घोषणा गरेको निर्वाचन, तथा पार्टीको भविष्यको रणनीति बारे आफ्ना धारणा व्यक्त गरिरहेका छन्। तीन दिनदेखि जारी बैठक ‘जेन जी आन्दोलन’पछि देशमा उत्पन्न असामान्य राजनीतिक अवस्थाको मूल्याङ्कन र पार्टीको दिशानिर्देश तय गर्ने उद्देश्यले आयोजना गरिएको हो। बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय अन्तिम रूपमा पारित गर्ने तयारी गरेको छ।

आजको सत्रमा उपमहासचिव प्रदीप ज्ञवालीले पनि समसामयिक प्रस्तावहरू प्रस्तुत गर्ने छन्। बैठकको निष्कर्षमा अध्यक्ष ओलीले पार्टी एकता, राष्ट्रियता र आगामी निर्वाचन तयारीबारे निर्णायक सन्देश दिने उच्चस्तरीय तयारी भइरहेको स्रोतहरूले जनाएका छन्।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ८ : ४९ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको