२०८३, ७ कार्तिक शनिबार

आज विश्व खाद्य दिवस : ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’

आज विश्व खाद्य दिवस : ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’


काठमाडौं । विश्वभर आज (बिहीबार) ४५ औँ विश्व खाद्य दिवस मनाइँदैछ।
नेपालमा पनि सरकारले स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइरहेको छ।

कृषि विभागको आयोजना र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत विभिन्न सङ्घ–संस्थाको सहकार्यमा दिवस मनाइँदैछ। यसवर्षको नाराः ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ राखिएको छ। सरकारका अनुसार यो नारा नेपालको खाद्य सुरक्षासँग जोडिएको दीर्घकालीन उद्देश्यसँग मेल खानेछ। स्मरणीय छ, सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्रसंघको २०औँ साधारणसभाले एफएओको स्थापना दिवसको अवसरमा हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता, सन् १९८१ देखि विश्वभर यो दिवस मनाइँदै आएको हो।

नेपालमा यस अवसरमा विभिन्न विद्यालय, स्थानीय तह र कृषि व्यवसायमा संलग्न संस्थाहरूले स्वच्छ खानाको प्रवर्द्धन, फोहर व्यवस्थापन, र स्थानीय उत्पादन उपभोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : ३४ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट