२०८३, १९ आश्विन मंगलबार

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी


काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी इजरायली सेनाका अधिकारीहरूले दिएका छन्।

इजरायली सेना (आईडीएफ) का अधिकारीले आज बिहान साढे ७ बजे नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिका निवासी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूसँग भिडियो कन्फरेन्समार्फत औपचारिक जानकारी दिएका हुन्।

अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविरामपछि आज हमासको नियन्त्रणमा रहेका २० जनालाई रिहा गर्ने कार्यक्रम रहेको थियो। तर आज सार्वजनिक गरिएको रिहा हुने सूचीमा विपिनको नाम समावेश छैन।

अध्ययनका लागि इजरायल पुगेका विपिनलाई अक्टोबर ७ मा किबुत्ज क्षेत्रमा हमासले गरेको आक्रमणमा बन्धक बनाइएको थियो। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए। विपिन सन् २०२३ नोभेम्बर १७ मा गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात थियो।

विपिनको खोजी र स्थिति पत्ता लगाउन सरकारको कूटनीतिक पहल जारी रहेको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ११ : ५६ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर