२०८३, ६ कार्तिक शुक्रबार

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटेका युवक ब्राउन सुगरसहित पक्राउ

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटेका युवक ब्राउन सुगरसहित पक्राउ


झापा । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने व्यक्तिलाई खैरो हिरोइन (ब्राउन सुगर) सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक–३ का १८ वर्षीय आदित्य लिम्बु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार, आदित्य लिम्बु सहित आठ जनाको गिरोहलाई झापाबाट नियन्त्रणमा लिइएको हो। उनीहरूलाई दमक नगरपालिका–३, भुटानी शरणार्थी शिविर सेक्टर ए ३ बाट लागुऔषध बिक्री वितरणको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको थियो। पक्राउको क्रममा घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइएको ७ ग्राम ८ सय मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने अन्य व्यक्ति हुन्: निश्चल पोर्तेल (मोरङ), साजन थापा, दिपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझी। प्रहरीले बरामद लागुऔषध र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेर कारबाही अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : ५० बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट