२०८३, २५ श्रावण मंगलबार

द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु


एजेन्सी । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ ।  अन्य १७०,०३३ जना घाइते भएका छन् ।

गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार  विगत २४ घण्टामा ११६ शव फेला पारेका छन्  । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् । कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या ४६३ पुगेको छ, जसमध्ये १५७ बालबालिका छन् ।

हमास र इजरायल बिहीबार गाजा पट्टीमा युद्धविराम सम्झौतामा भएको छ । इजरायली सरकारले प्रस्तावलाई अनुमोदन गरेपछि शुक्रबारदेखि लागू भएको हो। शुक्रबारदेखि २,५०,००० भन्दा बढी प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएका छन् ।

गाजामा शुक्रबार स्थानीय समय अनुसार १२ः०० बजेदेखि लागू भएको  युद्धविराम योजनाको पहिलो चरणको कार्यान्वयनपछि, हमासले सोमबारदेखि इजरायली बन्धकहरूलाई रिहा गर्ने जनाएको छ ।

इजिप्टमा कैदी आदानप्रदान र सीमा नाकाहरू पुनः खोल्ने र गाजामा सहायता प्रवेश गर्ने योजना सहितको वार्तापछि युद्धविराम भएको हो।

सम्झौता अन्तर्गत, इजरायलले लडाईं रोक्ने र गाजा पट्टीबाट फिर्ता हुने अपेक्षा गरिएको छ । जबकि हमासले लगभग २,००० प्यालेस्टिनी कैदी एवम बन्धकहरूलाई रिहा गर्नेछ ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : ३७ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।