२०८२, २८ कार्तिक शुक्रबार

टी-२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

टी-२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश


र–६ मा

काठमाडौं । नेपाल जापानलाई ५ विकेटले हराउँदै आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बनेको छ । शुक्रबार ओमनमा जारी खेलमा जापानमाथि जित हासिल गरी नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको हो ।

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कुशल भुर्तेलले २१ रन बनाए । यस्तै, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।

बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए । टस हारेर पहिला ब्याटिङको गरेकोे जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।

उनले दोस्रो विकेटका लागि इसम रहमानसँग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रन बनाए ।बलिङमा नेपालका गुल्सन झाले २, सन्दीप लामिछानेले २,  सोमपाल कामीले १ गुल्सन झाले १ विकेट लिएका थिए।जापानमाथि जित हासिल गरी नेपालले २ अंक जोड्दै सुपर–६ मा गएको छ । नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ११ : ०७ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई