२०८३, ९ भाद्र बुधबार

मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारी

मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो साताको अन्त्यतिर इजिप्ट भ्रमण गर्ने सम्भावना रहेको संकेत गरेका छन्। मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको बताउँदै उनले सम्झौता “धेरै नजिक पुगेको” बताएका छन्।

अल–जजिराका अनुसार ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा यो विषयमा जानकारी दिएका हुन्।
कार्यक्रमका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पठाएको नोट पढ्दै ट्रम्पले भने,

“विदेशमन्त्रीले मलाई एउटा नोट दिएका छन्, जसमा भनिएको छ कि हामी मध्यपूर्वमा एक सम्झौतामा पुग्न निकै नजिक छौं, र मलाई चाँडै त्यहाँ जानुपर्नेछ।”

ट्रम्पले शनिबारतिर इजिप्ट प्रस्थान गर्न सक्ने सम्भावना व्यक्त गर्दै भने,

“मलाई अहिले केही समस्या समाधान गर्नका लागि मध्यपूर्व जानुपर्नेछ।”

अल–जजिराले उद्धृत गरेको एक वरिष्ठ प्यालेस्टेनी स्रोतका अनुसार, इजिप्टस्थित मध्यस्थकर्ताहरूले प्यालेस्टेनी पक्षलाई सम्झाएको छन् कि सम्भावित सम्झौता भएमा ट्रम्पले गाजामा युद्ध अन्त्यको घोषणा गर्नेछन्।
प्यालेस्टेनी प्रतिनिधिमण्डलले कैदीहरूको मुक्ति र इजरायली फौजको फिर्ता योजना प्रस्तुत गर्नुपर्ने माग राखेको जनाइएको छ।

मध्यस्थकर्ताहरूले दुवै पक्ष-प्यालेस्टेनी र इजरायली-लाई शुक्रबारसम्म अन्तिम समयसीमा तोक्न आग्रह गरेका छन्।
हमासले सबै इजरायली बन्धकहरूलाई रिहा गर्ने र मृतकहरूलाई परिस्थिती सहज भएपछि मात्र हस्तान्तरण गर्ने सहमति जनाएको बताइएको छ।

सम्झौता तयारीमा कैदी साटासाट सूची, युद्धपछिको पुनःसंघर्ष रोक्ने ग्यारेन्टी लगायतका विषयमा प्रगति भएको उल्लेख गरिएको छ।
हाल इजिप्टस्थित मध्यस्थ टोलीले बाँकी विवादित विषयमा इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम छलफल गरिरहेको छ।

यसअघि राष्ट्रपति ट्रम्पले भनेका थिए,

“मध्यपूर्वका लागि शान्ति -यो एक सुन्दर वाक्यांश हो, र हामी चाहन्छौं यो यथार्थमा परिणत होस्। अहिले अवस्था निकै राम्रो दिशामा अगाडि बढिरहेको छ।”

उनले थपे,

“हाम्रो टोली उत्कृष्ट रूपमा काम गरिरहेको छ, र अर्को पक्षका वार्ताकार पनि बलिया छन्। मलाई लाग्छ, यो सम्झौता अब सम्भव हुने चरणमा पुगेको छ।”

(एएनआई

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ९ : ४० बजे

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन