२०८३, १९ आश्विन मंगलबार

मानव अधिकार आयोगद्वारा सरकारलाई : धैर्यता र संयमपूर्वक कदम चाल्न निर्देशन

मानव अधिकार आयोगद्वारा सरकारलाई : धैर्यता र संयमपूर्वक कदम चाल्न निर्देशन


काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले हालै देशभरि बढिरहेका राजनैतिक गतिविधि र प्रदर्शनको अवस्था दृष्टिगत गर्दै सरकारलाई शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

आयोगले भदौ २३ र २४ गतेको घटनाले सिर्जना गरेको परिस्थितिमा सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमपूर्वक कदम चाल्न निर्देशन दिएको छ। साथै, विभिन्न राजनीतिक समूहलाई आगामी प्रदर्शन मर्यादित र संयमित तरिकाले सञ्चालन गर्न, अरुप्रति घृणा युक्त अभिव्यक्ति बन्द गर्न र सामाजिक सद्भाव कायम राख्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ कि आयोगले भदौ २३ र २४ गतेको हिंसात्मक घटनाको अनुगमन गर्दा मानव अधिकार उल्लंघन भएको पत्ता लगाएको छ। घटनाले नागरिकको सुरक्षा र अधिकारमा नकारात्मक प्रभाव पारेको भन्दै आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ। यसैबीच, नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको टिप्पणी गर्दै भदौ २३–२४ को जेनजी आन्दोलन हाइज्याक भएको दाबी गरेका छन्। उनले पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रारम्भिक भाष्यमा माओवादी अध्यक्ष प्रचण्डले थप योगदान गरेको समेत बताएका छन्।

बस्नेतले भने, “पछिल्लो समय रवि लामिछानेहरूको ‘नो नट अगेन’ नारा आए पनि मुलुक स्वाभाविक ढंगले अघि बढ्न नपाइ, भ्रमको खेती सिर्जना गरिएको छ।”

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  १ : ५४ बजे

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि