२०८३, ६ कार्तिक शुक्रबार

महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला : मलेसिया विरुद्ध चौथो खेलमा नेपाल विजयी

महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला : मलेसिया विरुद्ध चौथो खेलमा नेपाल विजयी


काठमाडौँ । नेपालले मलेसिया विरुद्धको चौथो टी-२० अन्तर्राष्ट्रिय खेलमा शानदार प्रदर्शन गर्दै ६ विकेटको जित हात पारेको छ। यससँगै पाँच खेलको शृंखलामा नेपाल र मलेसिया दुवैले दुई–दुई खेल जित्दै २-२ को बराबरी गरेका छन्।

मलेसियामा मंगलबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो। उसका लागि मास एलिसा अविजित रहँदै ५६ रन बनाइन्। माहिरा इजातीले १८ र नुर दानियाले १५ रनको योगदान दिइन्।

नेपालका लागि कविता कुँवरले शानदार बलिङ गर्दै तीन विकेट लिइन्। पूजा महतो र कविता जोशीले समान एक–एक विकेट हात पारे। जवाफी ब्याटिङमा नेपालले निर्धारित लक्ष्य १७.३ ओभरमै चार विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनको अविजित पारी खेलिन् भने रुबिना क्षेत्रीले २३ बलमा २३ रनको योगदान दिइन्।

मलेसियाको बलिङतर्फ नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक-एक विकेट लिएका थिए। अब शृंखलाको निर्णायक पाँचौं तथा अन्तिम खेल भोलि मलेसियामा हुनेछ। उक्त खेलले शृंखलाको विजेता तय गर्नेछ।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १२ : ५३ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट