२०८३, ७ कार्तिक शनिबार

उपचारको सट्टा बाइबल पाठ : अन्धविश्वासका कारण सस्यूखर्कका सुर्यमानको जीवन संकटमा

उपचारको सट्टा बाइबल पाठ : अन्धविश्वासका कारण सस्यूखर्कका सुर्यमानको जीवन संकटमा


काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–१ पोखरिपानीका २३ वर्षीय सुर्यमान बम्जन अहिले मृत्युसंग संघर्ष गर्दै छन्। प्राणघातक स्नायु रोगका लक्षण देखिएपछि तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्थामा, उनका बाबुआमाले “येशुको नाममा निको होस्” भन्दै तीन दिनसम्म मण्डलीमा बाइबल पाठमा अडिएपछि उपचारमा ढिलाइ भएको हो।

स्थानीयका अनुसार जेहेन्दार र मेहनती सुर्यमान केही दिनअघि अचानक बिरामी परे। उनको शरीर काँप्न थाल्यो, नशा तन्कियो र चेत हराउँदै गयो। तर अवस्थाको गम्भीरता बुझेर अस्पताल लैजानुपर्ने सट्टा, परिवारले “दैवी परीक्षा” भन्दै प्रार्थनामा समय बितायो। तीन दिनसम्म घरमै बाइबल पाठ चलिरह्यो। “येशुको नाममा निको होस्” भन्दै उनीहरू दिनरात चर्को स्वरमा प्रार्थना गर्थे। छिमेकीहरूले बारम्बार अस्पताल लैजान आग्रह गरे पनि परिवारले “विश्वासले उपचार गर्छ” भन्दै इन्कार गरे।

अन्ततः छिमेकी र स्थानीय युवाहरूले जबरजस्ती गाडी खोजी सुर्यमानलाई स्ट्रेचरमा बोकेर नमोबुद्ध नगरपालिका–स्थित मेथिन्कोट अस्पताल पुर्‍याए। त्यहाँ तत्काल उपचार सम्भव नभएपछि उनलाई धुलिखेल अस्पताल रेफर गरिएको हो । अस्पताल स्रोतका अनुसार सुर्यमान अहिले पनि अचेत अवस्थामा छन् र न्युरोलोजिकल इन्टेन्सिभ केयर युनिट (NICU) मा राखी उपचार भइरहेको छ। चिकित्सकहरूले अवस्था निकै जटिल भएको जनाएका छन्।

स्थानीय युवाहरूले यो घटनालाई अन्धविश्वास र लापरबाहीको चरम उदाहरण बताएका छन्। एक युवा नेताले भने, “समयमै अस्पताल लगिएको भए उनी अहिले यस्तो अवस्थामा हुने थिएनन्। धर्ममा अन्ध विश्वासले जीवनसँग खेलबाड भयो।” सामाजिक सञ्जालमा पनि यो घटनापछि कडा प्रतिक्रिया देखिएको छ। धेरैले प्रश्न गरेका छन् – “२१औं शताब्दीमा पनि विश्वासका नाममा विज्ञान र उपचारलाई बेवास्ता गर्दा कति युवाले जीवन गुमाउनुपर्ने हो?”

हाल सुर्यमानको उपचारका लागि गाउँले र स्थानीय युवाहरूले सहयोग अभियान सुरु गरेका छन्। स्वास्थ्यकर्मीहरूले सबैलाई आग्रह गरेका छन् -“धार्मिक आस्थाभन्दा माथि जीवन र उपचारलाई प्राथमिकता दिनुपर्छ।”

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १२ : ३२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना