२०८३, ९ भाद्र बुधबार

कानूनी प्रक्रिया अवज्ञा र प्रहरीलाई धम्की : सुधन गुरुङ विवादमा

कानूनी प्रक्रिया अवज्ञा र प्रहरीलाई धम्की : सुधन गुरुङ विवादमा

“सडकबाट देखाइदिन्छौं” भन्ने चेतावनी


काठमाडौं । सामाजिक अभियानको नाममा पछिल्ला समय चर्चामा रहेका सुधन गुरुङ पुनः विवादमा तानिएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली प्रहरी कार्यालय पुगेका गुरुङ र उनका समर्थकहरूले प्रहरीले कानुनी प्रक्रिया अनुसार जाहेरी नलिएपछि खुला धम्की दिएका छन्।

घटनापछि काठमाडौं प्रहरी परिसर हाइ अलर्टमा गएको छ भने सहरका सबै प्रहरी बिट खाली गराई प्रहरीहरूलाई वृत्तमा तानिएको छ। यसले सुधन गुरुङको गतिविधि सार्वजनिक सुरक्षाका लागि सम्भावित खतराको रूपमा हेरिन थालेको संकेत गरेको छ। प्रहरीका अनुसार, जाहेरी लिन अस्वीकार गरेपछि गुरुङको समूहले प्रहरीलाई “अब सडकबाटै देखाइदिन्छौं” भन्ने अभिव्यक्ति दिएको थियो। यो अभिव्यक्ति प्रहरीमाथिको सीधा धम्कीको रूपमा लिइएको छ।

स्रोतका अनुसार, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा छानबिन गर्न सरकारले विशेष जाँचबुझ आयोग गठन गरिसकेको हुँदा प्रहरीको तर्क थियो कि आयोगको प्रतिवेदन आउनुअघि यस्तो जाहेरी लिन मिल्दैन। तर, गुरुङको टिमले कानुनी प्रक्रिया अवज्ञा गर्दै दवाव सिर्जना गर्ने प्रयास गरेको देखिएको छ।

सुधन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ संस्था पछिल्ला महिनाहरूमा राजनीतिक शैलीमा जनआन्दोलनजस्तै ढंगले विरोध कार्यक्रम गर्दै आएको छ। सामाजिक मुद्दाका नाममा गरिने यस्ता गतिविधिले सार्वजनिक सम्पत्तिमा असर, शान्ति सुरक्षामा खलल, र प्रशासनिक प्रक्रियामाथि हस्तक्षेपको जोखिम बढाएको भन्दै सुरक्षा निकायहरू चिन्तित देखिन्छन्।

एक सुरक्षा अधिकारीका अनुसार, “आन्दोलन गर्न पाउनु लोकतान्त्रिक अधिकार हो, तर प्रहरीलाई धम्क्याउने र कानूनी प्रक्रियालाई चुनौती दिने कुरा गम्भीर विषय हो।” घटनापछि काठमाडौं उपत्यकाका ६० वटा युनिटलाई हाइ अलर्टमा राखिएको छ। ‘भिक्टर कन्ट्रोल’ कल साइनमार्फत साढे ७ बजेपछि सबै बिटबाट प्रहरीलाई रिजर्भ फोर्सका रूपमा फिर्ता बोलाइएको छ। प्रहरी प्रशासनले सम्भावित जोखिमको मूल्याङ्कन गर्दै कसैको नाममा विशेष निगरानी गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  १० : १६ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण