२०८३, ९ भाद्र बुधबार

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा, विशेष महाधिवेशनबारे छलफल

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा, विशेष महाधिवेशनबारे छलफल


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सुरु भएको छ। बैठक केहीबेरअघि प्रारम्भ भएको हो।

बैठकमा भोलि (बिहीबार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिँदैछ। मुख्यसचिव गणेशमान पुनका अनुसार बैठकले पार्टीको वर्तमान अवस्थाबारे समग्र समीक्षा गर्दै आगामी रणनीतिमा निर्णय लिने तयारी गरेको छ।

यसअघि आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए। सो प्रस्तावमा पार्टीका सबै संरचना र कमिटी भंग गरेर पुनःगठन गर्ने कुरा उल्लेख गरिएको थियो।

आजको स्थायी कमिटी बैठकले सो प्रस्तावमा गहिरो छलफल गर्नेछ भने भोलिको केन्द्रीय कमिटी बैठकले त्यसमा निर्णय लिने तयारी गरेको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आगामी निर्वाचनको तयारी, तथा पार्टीभित्रको आन्तरिक असन्तोषबारे पनि छलफल हुने बताइएको छ।

पार्टीभित्रबाटै अध्यक्ष प्रचण्डको दीर्घकालीन नेतृत्वप्रति नयाँ पुस्ताबाट असन्तोष र दबाब बढ्दै गएको पृष्ठभूमिमा आजको बैठक संवेदनशील मानिएको छ।

आजको स्थायी कमिटी बैठकले तय गर्ने एजेन्डा अनुसार भोलिको केन्द्रीय कमिटी बैठकमा पार्टीको भावी रणनीति, संगठनात्मक पुनर्गठन र नेतृत्व व्यवस्थापनका विषयमा निर्णायक बहस र सम्भावित निर्णय हुन सक्ने आँकलन गरिएको छ।

प्रकाशित मिति : २०८२, ८ आश्विन बुधबार  २ : २० बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण