२०८३, ३० भाद्र बुधबार

नमोबुद्धका पूर्वमेयर टङ्कप्रसाद तिमल्सिनाको निधन

नमोबुद्धका पूर्वमेयर टङ्कप्रसाद तिमल्सिनाको निधन


काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ।

धुलिखेल अस्पतालमा उपचाररत तिमल्सिनाको बिहानै निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिएका छन्।

६७ वर्षीय तिमल्सिना २०७४ सालको स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाका नगरप्रमुखमा निर्वाचित भएका थिए। गत साउन १० गते बिपी राजमार्गस्थित बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार रहँदा दुर्घटनामा परेपछि गम्भीर घाइते भएका उनी धुलिखेल अस्पतालको सघन उपचार कक्षमा उपचाररत थिए । उनका श्रीमती र दुई छोरा रहेका छन् ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ९ : १६ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको