२०८३, २५ भाद्र शुक्रबार

दुग्ध र उखु किसानको समस्याको समाधान गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

दुग्ध र उखु किसानको समस्याको समाधान गर्ने कृषिमन्त्रीको प्रतिबद्धता


काठमाडौँ । नयाँ नियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारले पदभार ग्रहणसँगै दुग्ध र उखु किसानका समस्याको स्थायी समाधान गर्ने प्रमुख प्रतिबद्धता व्यक्त गरेका छन्। शीतल निवासमा शपथ लिएपछि मन्त्री परियार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे। पदभार ग्रहण समारोहमा बोल्दै उनले किसानसँग प्रत्यक्ष सम्बन्ध राख्ने दुग्ध तथा उखु उत्पादन क्षेत्रमा देखिएको समस्या, अन्याय र ढिलासुस्ती अन्त्य गर्न सरकार गम्भीर रहेको स्पष्ट पारे।

“कृषकले उत्पादन गरेर पनि न्याय पाउन सक्दैनन् भने कृषि क्रान्ति सम्भव हुँदैन। उखु र दुग्ध किसानको मुद्दा मेरो प्राथमिकतामा रहनेछ,” मन्त्री परियारले भने ।

उनले कृषकको अर्को मुख्य समस्या -रासायनिक मलको अभाव – को पनि उल्लेख गरे। उनको भनाइमा, मल आपूर्तिमा देखिएको अवरोधबारे अध्ययन गरी दिर्घकालीन समाधानतर्फ सरकार लागिपर्नेछ। मन्त्री परियारले फागुन २१ गते तोकिएको निर्वाचन सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सबै मन्त्रालय र निकायबीच समन्वयमा काम गर्ने तयारी रहेको जनाए।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ७ : १० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको