२०८३, ७ कार्तिक शनिबार

दुग्ध र उखु किसानको समस्याको समाधान गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

दुग्ध र उखु किसानको समस्याको समाधान गर्ने कृषिमन्त्रीको प्रतिबद्धता


काठमाडौँ । नयाँ नियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारले पदभार ग्रहणसँगै दुग्ध र उखु किसानका समस्याको स्थायी समाधान गर्ने प्रमुख प्रतिबद्धता व्यक्त गरेका छन्। शीतल निवासमा शपथ लिएपछि मन्त्री परियार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे। पदभार ग्रहण समारोहमा बोल्दै उनले किसानसँग प्रत्यक्ष सम्बन्ध राख्ने दुग्ध तथा उखु उत्पादन क्षेत्रमा देखिएको समस्या, अन्याय र ढिलासुस्ती अन्त्य गर्न सरकार गम्भीर रहेको स्पष्ट पारे।

“कृषकले उत्पादन गरेर पनि न्याय पाउन सक्दैनन् भने कृषि क्रान्ति सम्भव हुँदैन। उखु र दुग्ध किसानको मुद्दा मेरो प्राथमिकतामा रहनेछ,” मन्त्री परियारले भने ।

उनले कृषकको अर्को मुख्य समस्या -रासायनिक मलको अभाव – को पनि उल्लेख गरे। उनको भनाइमा, मल आपूर्तिमा देखिएको अवरोधबारे अध्ययन गरी दिर्घकालीन समाधानतर्फ सरकार लागिपर्नेछ। मन्त्री परियारले फागुन २१ गते तोकिएको निर्वाचन सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सबै मन्त्रालय र निकायबीच समन्वयमा काम गर्ने तयारी रहेको जनाए।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ७ : १० बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट