२०८३, ३ भाद्र बिहीबार

मन्त्री महावीर पुनले पदभार ग्रहणपछि भने: “मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु”

मन्त्री महावीर पुनले पदभार ग्रहणपछि भने: “मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु”


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सोमबार शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरेपछि मन्त्रालयमै बस्ने र मन्त्रालयकै कोठामा आफैं पकाएर खाने बताए। उनले मन्त्री क्वाटर नलिने बताउँदै मन्त्रालयमा एउटा कोठा बनाउने निर्देशन सचिवलाई दिएका छन्। उनले भने, “म जहाँ गएपनि त्यही बस्ने बानी छ। मलाई मन्त्री क्वाटर चाहिंदैन। आफैं खाना पकाएर खान सक्छु।”

महावीरले मन्त्रालयको गाडी कामबाहेक अन्यत्र प्रयोग नगर्ने र सुरक्षाकर्मीको अनावश्यक प्रयोग नगर्ने पनि बताए। साथै, उनले नाम मात्रका समिति नबनाउने, साना भए पनि ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। शिक्षा ऐनसम्बन्धी आफूलाई पूर्ण जानकारी नभएको भन्दै उनले विज्ञहरुको सुझाव लिएर काम अघि बढाउने तयारी रहेको बताए। विज्ञान मन्त्रालयले अहिलेसम्म केही ठोस काम गर्न नसकेको स्वीकार्दै उनले छ महिनाभित्र काम गर्ने योजना रहेको पनि जनाए।

उनको यो सरल र पारदर्शी शैलीले आगामी दिनमा शिक्षा तथा विज्ञान क्षेत्रमा नयाँ सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ५ : ५२ बजे

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर