२०८३, ६ कार्तिक शुक्रबार

नख्खु कारागारबाट फरार काभ्रेका कैदीद्वारा श्रीमतीको हत्या

नख्खु कारागारबाट फरार काभ्रेका कैदीद्वारा श्रीमतीको हत्या


काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट फरार एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२, गागल निवासी सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

सन्तबहादुर तामाङ जबरजस्ती करणीको आरोपमा नख्खु कारागारमा थुनामा थिए। तर, जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट भाग्न सफल भएका थिए। फरार रहेका तामाङले घरमै श्रीमतीमाथि आक्रमण गरी हत्या गरेका हुन् ।

वडा अध्यक्ष जयराम केसीका अनुसार, आक्रमणपछि मनिषाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। हत्या गरेपछि सन्तबहादुर पुनः फरार भएका छन् । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार, घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

“घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ। हाल अनुसन्धान प्रारम्भिक चरणमा छ,” एसपी शाहले जानकारी दिए । सन्तबहादुरको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। यस घटनाले जेल व्यवस्थापन र सुरक्षाप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। फरार कैदीद्वारा पुनः जघन्य अपराध हुनु दुःखद र चिन्ताजनक विषय भएको अधिकारकर्मीहरू बताउँछन् ।

स्थानीय बासिन्दा तथा मानव अधिकारकर्मीहरूले दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कडाभन्दा कडा सजायको माग गरेका छन्। साथै, फरार कैदीहरूको निगरानी र खोजी कार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने माग समेत गरिएको छ ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ४ : ३३ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट