२०८३, १२ कार्तिक बिहीबार

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार पशुपति आर्यघाटमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुँदै मन्त्री घिसिङले शहीदहरूको बलिदानले देशलाई निकास दिने विश्वास सबैमा रहेको बताए। श्रद्धाञ्जली सभा सम्बोधन गर्दै उनले भने,
“हाम्रा जेनजी युवा पुस्ताका भाइहरूले सुरु गरेको आन्दोलनले ठूलो परिवर्तन ल्याएको छ। उहाँहरूले देशको लागि ठूलो योगदान दिनु भएको छ। उहाँहरूको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ। त्यसलाई हामीले साकार पार्नुपर्छ।”

उनले शहीदहरूले उठाएका मुद्दाहरू – भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापन, र आत्मनिर्भर राष्ट्र निर्माण – लाई भावी सरकारहरूले पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

मन्त्री घिसिङले देशलाई सही दिशा दिन सबै तहमा गम्भीरता र सहकार्य जरुरी रहेको बताए।
“आगामी दिनहरू अझै कठिन छन्। अहिलेको शोकलाई शक्तिमा बदल्न सकेमात्र शहीदहरूको सपना पूरा हुन्छ,” उनले भने।

उनले थपे, “अब हामी भौतिक पूर्वाधार मात्रै होइन, सोच र प्रणालीमा पनि रूपान्तरण ल्याउनुपर्छ। जेनजी आन्दोलनले हामीलाई त्यो बाटो देखाएको छ।”

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ३ : २७ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली