२०८३, २० आश्विन बुधबार

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार पशुपति आर्यघाटमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुँदै मन्त्री घिसिङले शहीदहरूको बलिदानले देशलाई निकास दिने विश्वास सबैमा रहेको बताए। श्रद्धाञ्जली सभा सम्बोधन गर्दै उनले भने,
“हाम्रा जेनजी युवा पुस्ताका भाइहरूले सुरु गरेको आन्दोलनले ठूलो परिवर्तन ल्याएको छ। उहाँहरूले देशको लागि ठूलो योगदान दिनु भएको छ। उहाँहरूको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ। त्यसलाई हामीले साकार पार्नुपर्छ।”

उनले शहीदहरूले उठाएका मुद्दाहरू – भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापन, र आत्मनिर्भर राष्ट्र निर्माण – लाई भावी सरकारहरूले पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

मन्त्री घिसिङले देशलाई सही दिशा दिन सबै तहमा गम्भीरता र सहकार्य जरुरी रहेको बताए।
“आगामी दिनहरू अझै कठिन छन्। अहिलेको शोकलाई शक्तिमा बदल्न सकेमात्र शहीदहरूको सपना पूरा हुन्छ,” उनले भने।

उनले थपे, “अब हामी भौतिक पूर्वाधार मात्रै होइन, सोच र प्रणालीमा पनि रूपान्तरण ल्याउनुपर्छ। जेनजी आन्दोलनले हामीलाई त्यो बाटो देखाएको छ।”

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ३ : २७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको