२०८३, २७ भाद्र आईतबार

राष्ट्रिय शोक मनाइने, मृतकका परिवारलाई राहत : गृहमन्त्री अर्याल

राष्ट्रिय शोक मनाइने, मृतकका परिवारलाई राहत : गृहमन्त्री अर्याल


काठमाडौं । गृहमन्त्री तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले हालैका प्रदर्शनहरूमा ज्यान गुमाएका प्रदर्शनकारी तथा सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय शोक मनाउने निर्णय भएको घोषणा गरेका छन्। साथै, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

सोमबार पदभार ग्रहण गर्दै मन्त्री अर्यालले मृतक परिवारप्रति राज्यको जिम्मेवारीस्वरूप तीनवटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका हुन्। उनका अनुसार, मृतकका परिवारलाई काजकिरिया खर्च स्वरूप प्रति मृतक एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। सो राहत रकम अर्थ मन्त्रालयमार्फत व्यवस्था गरिनेछ। यस्तै, शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन उपलब्ध गराइने र दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत शव पठाउने व्यवस्था गरिने पनि मन्त्री अर्यालले जानकारी दिए। उनले भने, “प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलीस्वरूप राष्ट्रिय शोक मनाइने छ। साथै, परिवारजनलाई यथासम्भव सहजता दिन सरकारले राहत र शव व्यवस्थापनको जिम्मा लिएको छ।”

“अहिलेको अवस्था असामान्य छ, सोच र व्यवहारको पुनःसंरचना आवश्यक”

मन्त्री अर्यालले देशको अवस्था असामान्यबाट सामान्यतातर्फ उन्मुख भइरहेको बताए। उनले वर्तमान परिस्थितिमा पुरानै सोच र परिपाटीबाट काम गरेर समाधान नआउने भन्दै राज्य मात्र होइन, आम नागरिकको व्यवहार र आचरणको पनि पुनःसंरचना आवश्यक रहेको धारणा राखे। उनका अनुसार, अहिलेको मूल विषयवस्तु भनेको मृतक, घाइते, पीडित र आन्दोलनरत पक्षबीचको विश्वास पुनःस्थापना गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्ने हो। “देशमा जुन विद्रोह भयो, त्यसले कतिपय संरचनामा विनाश ल्याएको छ,” मन्त्री अर्यालले भने, “अब सुधारको बाटो रोज्नुपर्छ।”

नयाँ सोच, जिम्मेवार राज्यको संकेत

गृहमन्त्री अर्यालको यो निर्णयलाई संकटमा पनि मानवता, सम्वेदनशीलता र सुशासन देखाउने प्रयासका रूपमा हेरिएको छ। पीडित परिवारको पक्षमा राज्यले चालेको कदमले विश्वास र सहानुभूतिको वातावरण सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ६ : ०८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।