२०८३, ११ असार शुक्रबार

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई जानकारी गराउँदै अध्यक्ष पदबाट हटेको घोषणा गरेका हुन्।

कडरियाले सरकारले जेएनजिओ प्रदर्शनलाई दबाउने प्रयास गरिरहेको र आजको दिन ‘विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भएको बताएका छन्। उनले भने, “विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरूले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेनन्।”

उनले आफ्नो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल भएको महसुस गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। कडरियाले लेखेका छन्, “समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु।”

राजीनामासँगै उनले वर्तमान सरकारले जनताको भावना विपरित आन्दोलन दबाउन खोजिरहेको प्रज्ञाभुती भएको पनि औँल्याए र यसले भयावह नतिजा निम्त्याउने चेतावनी दिए।

सुजन कडरियाको राजीनामा नेपाली विद्यार्थी राजनीतिमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। उनको यो निर्णयले विद्यार्थी आन्दोलन र राजनीतिको भविष्यमा गम्भीर प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  २ : ०४ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि