२०८३, २१ जेष्ठ शुक्रबार

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश


काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासनले मंगलबार बिहान ८:३० बजेदेखि चक्रपथभित्रको सम्पूर्ण क्षेत्रलाई कर्फ्यू क्षेत्र घोषणा गरेको हो । बालकुमारीदेखि कोटेश्वर, चाबहिल, बालाजु, स्वयम्भू हुँदै बागमती पुलसम्मको क्षेत्र कर्फ्यूमा परेको छ । कर्फ्यू अवधिभर सभा, जुलुस, प्रदर्शन, आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। तर, एम्बुलेन्स, सञ्चारकर्मी, कूटनीतिक नियोग, र हवाई यात्रुहरूलाई छुट दिइएको छ। कर्फ्यूको कारण काठमाडौंमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

कहाँ-कहाँ लाग्यो कर्फ्यू ?
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती पुलसम्म चक्रपथभित्रको सम्पूर्ण क्षेत्र कर्फ्यू क्षेत्र घोषणा गरिएको छ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार सार्वजनिक सुरक्षाको कारण देखाउँदै कर्फ्यू आदेश जारी गरेको हो।

के के गर्न पाइँदैन ?
कर्फ्यू क्षेत्रभित्र:

  • आवतजावत गर्न
  • कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, वा बैठक गर्न
  • समूहमा हिँडडुल वा घेराउ गर्न

कुनै पनि अनुमति दिइने छैन।

अत्यावश्यक सेवामा भने छुट
कर्फ्यू अवधिभर निम्न सेवाहरूलाई भने अनुमति दिइने प्रशासनले स्पष्ट पारेको छ:

  • एम्बुलेन्स, दमकल, शववाहन
  • स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोगका सवारी
  • पर्यटक तथा हवाई यात्रु (हवाई टिकट देखाएर)

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १० : ३३ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल