२०८३, १० श्रावण सोमबार

इटहरीमा गोली चल्यो : दुई प्रदर्शनकारीको मृत्यु, एक सशस्त्र प्रहरी घाइते

इटहरीमा गोली चल्यो : दुई प्रदर्शनकारीको मृत्यु, एक सशस्त्र प्रहरी घाइते


विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने एक सशस्त्र प्रहरी बल (एपीएफ) का सहायक हवल्दार घाइते भएका छन् ।

मृतकहरूको पहिचान हालसम्म खुलेको छैन । प्रहरीले उनीहरू २५ र ३० वर्षका युवाहरू भएको प्रारम्भिक अनुमान गरेको छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार प्रदर्शनको क्रममा झडप चर्किएपछि इटहरी उपमहानगरपालिका कार्यालयभित्र आगजनी र तोडफोड भएको थियो। त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनकारीहरू पछाडि नहटेकाले अन्ततः गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।

घटनामा सशस्त्र प्रहरीका एक सहायक हवल्दार गम्भीर घाइते भएका छन् । उनको गालामा चोट लागेको र हाल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले कर्फ्यू आदेश जारी गरिए पनि प्रदर्शनकारीहरू नहटेपछि गोली चलाइएको बताए। तर उनले हालसम्म मृत्युको औपचारिक पुष्टि गरेका छैनन् । “केही घाइते भएको सूचना आएको छ, थप विवरण संकलन भइरहेको छ,” उनले भने ।

प्रदर्शनको कारण खुल्न बाँकी छ, तर स्थानीय प्रशासन र प्रदर्शनकारीबीच तनाव चुलिँदै गएको देखिएको छ। सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फबाट मानवीय क्षति भएपछि स्थिति अझ संवेदनशील बनेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले थप सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्थानीय प्रशासनले नागरिकलाई संयमित रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ७ : ४१ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक