२०८३, १२ कार्तिक बिहीबार

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु


काठमाडौं । प्रधानमन्त्री अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ ।

यो बैठक बेलुकी ६ बजे बस्न लागेको मन्त्रिपरिषद्को बैठकअघि हुनुले यसको महत्त्वलाई अझ बढाएको छ। तर, प्रधानमन्त्रीको सचिवालयले बैठकको तालिका आइतबार नै तय गरिएको जनाएको छ । बैठकमा राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरूमा जेन जी आन्दोलनका क्रममा भएका विभिन्न घटना र त्यसले निम्त्याएको सुरक्षा चुनौतीहरूलाई समेटेर छलफल भइरहेको छ। बैठकका सहभागी एक मन्त्रीले नेपाल प्रेसलाई यस विषयमा जानकारी दिएका छन् ।

यस राष्ट्रिय सुरक्षा परिषद् बैठकमा रक्षामन्त्री मानवीर राई, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा, र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी छन् । बैठक सुरु भएको करिब एक घण्टा भइसकेको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ४ : ३४ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली