२०८३, ३ भाद्र बिहीबार

पितृलाई श्रद्धा र सम्मान गर्ने परम्परा ‘सोह्रश्राद्ध’ आजदेखि सुरु

पितृलाई श्रद्धा र सम्मान गर्ने परम्परा ‘सोह्रश्राद्ध’ आजदेखि सुरु


काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध आज (आश्विन कृष्ण प्रतिपदा) बाट विधिवत् सुरु हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने आख्यान रहेको छ। सोह्रश्राद्धको पिण्डदान अपराह्नसम्म सम्पन्न गर्नुपर्ने धार्मिक व्यवस्था छ ।

सोह्रश्राद्ध भनेको आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई श्रद्धा तथा सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा हो। वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार यस समयमा पितृको तर्पण गर्ने चलन छ, जसले पितृऋणबाट मुक्ति र पितृप्रतिको कर्तव्य पूरा हुने धार्मिक विश्वास छ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले भने, “सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्ने धार्मिक नियम छ। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएकाले छोड्नुपर्ने अवस्था बाहेक अन्य बेला यो अनिवार्य हुन्छ ।”

कुनै कारणवश सोह्रश्राद्ध निर्धारित समयमा गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म वा कार्तिक कृष्ण औँसीमा गरिने विकल्प छ। यसबाहेक, विधिपूर्वक ब्राह्मणमार्फत् १०८ मन्त्र जप गरेर पनि पितृलाई तृप्ति दिन सकिने धार्मिक प्रावधान छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले भने, “धर्मशास्त्रले श्राद्ध अपराह्नकालमा गर्नुपर्ने बताएको छ। तर कतिपय पुरोहितले बिहानै गर्ने गरेको पाइन्छ, जुन शास्त्रीय हिसाबले ठीक छैन ।”

सोह्रश्राद्धको अन्त्यसँगै ठूलो चाड बडादसैँ सुरु हुन्छ, जसअगाडि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने चलन हिन्दू संस्कृतिमा सदियौँदेखि चल्दै आएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ९ : २७ बजे

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय