२०८३, १२ असार शनिबार

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे गरेका हुन् ।

महाधिवेशनमा देशभरबाट आएका २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक टोली गरी कुल २,३४१ जना सहभागी भएको एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

महाधिवेशन स्थल गोदावरीमा सुरक्षादेखि स्वागतसम्मको तयारी विशेष गरिएको छ। सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रभित्र १८ वटा स्वागतद्वार बनाइएका छन्। महाधिवेशन स्थललाई पार्टीका दिवंगत नेतादेखि अन्तर्राष्ट्रिय कम्युनिष्ट विचारकहरूको पूर्ण कदका तस्विर र पार्टी झण्डाले सजाइएको छ।

गौतमका अनुसार उद्घाटन कार्यक्रम डिजिटल प्रविधिबाट सञ्चालन गरिएको हो। प्रतिनिधिहरूको स्क्यानिङका लागि ६ वटा कम्प्युटर बुथ, र ४ वटा डिजिटल प्रवेशद्वारको व्यवस्था गरिएको छ। कार्यक्रममा सहभागीहरूलाई सहज प्रवेशका लागि विशेष डिजिटल व्यवस्थापन गरिएको छ।

करीब १२ मिनेटको औपचारिक उद्घाटनपछि अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई हिजो सम्पन्न सचिवालय बैठकले पारित गरिसकेको थियो। त्यसपछि दिउँसो १ बजे एक घण्टाको खाजा ब्रेक लिइएको छ।

ब्रेकपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदनहरू पनि आजै प्रस्तुत गरिने छन्। पहिलो दिनको कार्यक्रम साँझ ५ बजे सम्पन्न हुने जनाइएको छ।

महाधिवेशनका अवसरमा विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकीहरू प्रस्तुति भइरहेका छन्। यि झाँकीहरू हल बाहिर प्रदर्शन भइरहेका छन् भने प्रतिनिधिहरूले तिनलाई हलभित्रबाट डिजिटल बोर्डमार्फत अवलोकन गर्न सक्नेछन्।

महाधिवेशनको दोस्रो दिन विभिन्न ९ वटा समूहमा छलफल हुनेछ भने तेस्रो दिन समूहले तयार पारेका सुझाव र प्रतिवेदनमाथि प्रस्तुति हुनेछ। अन्त्यमा अध्यक्ष ओलीको समापन सम्बोधनसहित महाधिवेशन सम्पन्न हुने कार्यक्रम रहेको छ।

एमालेले यसअघि २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यही सनराइज हलमा आयोजना गरेको थियो।

प्रकाशित मिति : २०८२, २० भाद्र शुक्रबार  ९ : ३७ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि