२०८३, ३१ भाद्र बिहीबार

चीनमा ओली-पुटिन २५ मिनेट एक्लाएक्लै नेपाली परराष्ट्र नीतिको सारथिको खोजी

चीनमा ओली-पुटिन २५ मिनेट एक्लाएक्लै नेपाली परराष्ट्र नीतिको सारथिको खोजी


काठमाडौं । शाङ्घाइ सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग २५ मिनेटको एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

यो भेट ‘अनौपचारिक’ जस्तो देखिए पनि त्यसले गहिरो कूटनीतिक संकेत बोकेको छ । खासगरी नेपालजस्तो सानो मुलुकका प्रधानमन्त्रीले पुटिनजस्तो शक्तिशाली नेता संग एकान्तमा वार्ता गर्नु आफैँमा असाधारण कुरा हो । नेपाल सरकार भने यो विषयमा औपचारिक मौनतामै छ। न कुनै संयुक्त वक्तव्य, न त वार्ताको मुख्य बुँदाबारे कुनै जानकारी। यस्तो ‘ब्ल्याक बक्स डिप्लोमेसी’ले परराष्ट्र नीतिको पारदर्शिता र उत्तरदायित्वमा गम्भीर प्रश्न उठाएको छ ।

चीनको भूमिमा, रूससँग संवाद के सन्देश ?

ओलीले पुटिनसँगको यो संवाद चीनमा बसेर गर्नुको पछाडि बहुस्तरीय संकेत छन् । एकातिर, नेपालले आफूलाई क्षेत्रीय शक्तिहरूबीचको सन्तुलनकारीु देखाउन खोजेको छ भने अर्कातिर, यो भेटले रूससँग सम्बन्ध गाँस्ने रणनीतिक संकेत पनि दिन्छ । यसरी चीनको भूमिमा बसेर ओली-पुटिन भेट हुनु, भारत र अमेरिका–प्रभावित परराष्ट्र रणनीतिमा हल्का तर स्पष्ट धक्का हो ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  १० : ३० बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक