२०८३, २१ आश्विन बिहीबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, आईजीपी चयन र चीन भ्रमण एजेण्डामा छलफल

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, आईजीपी चयन र चीन भ्रमण एजेण्डामा छलफल


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र नियमित एजेण्डामाथि छलफल भइरहेको छ।

प्रधानमन्त्री ओली शनिबार सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्ने तयारीमा छन्। भ्रमणअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

यसैबीच, नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद खाली हुँदै जाँदा नयाँ नियुक्तिबारे पनि बैठकमा छलफल हुने सम्भावना रहेको छ। हालका आईजीपी दीपक थापा भदौ १८ गते अनिवार्य अवकाशमा जाँदै छन्। अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङ प्रमुख दाबेदार मानिएका छन्।

प्रधानमन्त्री ओलीले आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ११ : ५४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी