२०८३, १४ कार्तिक शनिबार

तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री

तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले तीज विशेष कार्यक्रममा महिलाको पर्वमा पुरुषहरूले सहयात्रीको भूमिका मात्र निर्वाह गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित हरितालिका तीज विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले तीज महिलाहरूको विशेष चाड भएकाले पुरुषहरूलाई भाषण होइन, ताली बजाएर समर्थन जनाउनुपर्ने बताएका हुन् । ‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो ।’

उनले नेपाली समाजमा पुरुषप्रधान सोच अझै विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध उभिनुपर्नेमा जोड दिए । ‘हाम्रो एउटा मनोविज्ञान के छ भने पुरुष ठूलो हो भन्ने सोच अझै कायम छ,’उनले भने, ‘जतिबेला पनि लोग्ने मान्छेलाई ठूलो ठान्ने, लोग्ने नभएसम्म केही हुँदैन भन्ने प्रचलन हटाउनुपर्छ ।’

कार्यक्रममा मन्त्री पौडेलले महिलाहरूले आजको दिनमा पुरुषहरूले गर्न नसकेका कामहरू गर्न सफल रहेको पनि बताए । उनले भने, ‘महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैन । त्यसकारण महिलाहरू सृष्टिका महान हुन् । तर  महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैनन् ।’

प्रकाशित मिति : २०८२, ७ भाद्र शनिबार  ९ : २७ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा