२०८३, २९ भाद्र मंगलबार

तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री

तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले तीज विशेष कार्यक्रममा महिलाको पर्वमा पुरुषहरूले सहयात्रीको भूमिका मात्र निर्वाह गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित हरितालिका तीज विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले तीज महिलाहरूको विशेष चाड भएकाले पुरुषहरूलाई भाषण होइन, ताली बजाएर समर्थन जनाउनुपर्ने बताएका हुन् । ‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो ।’

उनले नेपाली समाजमा पुरुषप्रधान सोच अझै विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध उभिनुपर्नेमा जोड दिए । ‘हाम्रो एउटा मनोविज्ञान के छ भने पुरुष ठूलो हो भन्ने सोच अझै कायम छ,’उनले भने, ‘जतिबेला पनि लोग्ने मान्छेलाई ठूलो ठान्ने, लोग्ने नभएसम्म केही हुँदैन भन्ने प्रचलन हटाउनुपर्छ ।’

कार्यक्रममा मन्त्री पौडेलले महिलाहरूले आजको दिनमा पुरुषहरूले गर्न नसकेका कामहरू गर्न सफल रहेको पनि बताए । उनले भने, ‘महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैन । त्यसकारण महिलाहरू सृष्टिका महान हुन् । तर  महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैनन् ।’

प्रकाशित मिति : २०८२, ७ भाद्र शनिबार  ९ : २७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक