२०८३, २५ जेष्ठ मंगलबार

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन


विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर समिति गठन गरिएको छ। शुक्रबार सम्पन्न भेलाले निशान्त ढुंगानालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

सात सदस्यीय नवगठित समितिको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना दाहाल र सदस्यहरूमा अन्य पदाधिकारी समावेश छन् । अध्यक्षमा निर्वाचित भएका ढुंगानालाई चौतारीका पदाधिकारी तथा सदस्यहरूले बधाई दिँदै उहाँको नेतृत्वमा समितिले उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा प्रेस चौतारीका सदस्य श्यासुन्दर सुतिहारका छोरा श्रेया शर्माले यस वर्षको एसईईमा ४.० जीपीए ल्याउन सफल भएकोमा विशेष बधाई प्रदान गरिएको थियो। भेलामा प्रेस चौतारी केन्द्रीय सचिव विक्रम लुईटेल, प्रदेश अध्यक्ष सुमन पुरी, नेकपा (एमाले) जिल्ला उपसचिव तथा प्रेस चौतारी इञ्चार्ज सन्तोष वान्तवा, नेकपा (एमाले) महानगर सचिव विज्ञान चापाँगाई, पत्रकार महासंघ जिल्ला सचिव नेत्र पी. अधिकारीसहित केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारी र पत्रकारहरूको उपस्थिती थियो ।

आयोजकहरूले व्यस्त समयकाबीच पनि कार्यक्रममा सहभागी भई सहयोग र साथ दिएकोमा सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १० : ५३ बजे

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ