२०८३, १३ कार्तिक शुक्रबार

मानबी मोक्तान र टिकाराम तामाङ ‘तामाङ मिडिया अवार्ड २०८२’ बाट सम्मानित हुने

मानबी मोक्तान र टिकाराम तामाङ ‘तामाङ मिडिया अवार्ड २०८२’ बाट सम्मानित हुने

भदौ १ गते तामाङ प्रसारण दिवसमा अवार्ड वितरण हुने


काठमाडौं । तामाङ पत्रकार संघले धनकुटाकी मालती मोक्तान मानबी र नुवाकोटका टिकाराम तामाङलाई यस वर्षको तामाङ मिडिया अवार्ड २०८२ प्रदान गर्ने भएको छ।

संघले हरेक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस को अवसरमा एक महिला र एक पुरुष सञ्चारकर्मीलाई अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष संघको विभिन्न प्रदेश र जिल्ला समितिबाट प्राप्त सिफारिसका आधारमा, मापदण्डअनुसार छनोट समितिले नाम सिफारिस गरेको र साउन ३० गते बसेको संघीय सचिवालय बैठकले दुवैको चयन गरेको हो।

तामाङ पत्रकार संघका महासचिव सरस्वती तामाङका अनुसार अवार्ड आगामी भदौ १ गते विशेष समारोहका बीच प्रदान गरिनेछ। “यो अवार्ड तामाङ पत्रकारहरूको योगदानलाई सम्मान गर्दै, समुदायको सञ्चार क्षेत्रमा पहुँच विस्तारमा थप प्रेरणा दिने उद्देश्यले दिइँदै आएको हो,” उनले भनिन्।

२०६१ सालमा स्थापना भएको तामाङ पत्रकार संघले तामाङ समुदायको सञ्चार क्षेत्रमा पहुँच विस्तार र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि २ वटा प्रदेश समिति, २३ वटा जिल्ला समिति तथा दक्षिण कोरिया प्रवास समिति गठन गरी गतिविधि सञ्चालन गर्दै आएको छ। संघले पत्रकारिता तालिम, सञ्चार अनुसन्धान, बुलेटिन र पत्रिका प्रकाशन, पुस्तक प्रकाशन, भाषा–साहित्य–संस्कृति प्रवर्द्धनलगायतका क्षेत्रमा सक्रिय भूमिका खेलेको छ।

भदौ १, २०५१ मा पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा मनाइने तामाङ प्रसारण दिवस यस वर्ष पनि देशभरका सञ्चारकर्मीहरूको सहभागितामा मनाइने संघले जनाएको छ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १० : २५ बजे

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित

अमेरिकी डलर १५२ रुपैयाँ १२ पैसा, पाउन्ड २०२ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति