२०८३, २१ आश्विन बिहीबार

जनकपुरधाममा पत्रकारमाथि योजनाबद्ध हमला, प्रेस चौतारीको कडा चेतावनी

जनकपुरधाममा पत्रकारमाथि योजनाबद्ध हमला, प्रेस चौतारीको कडा चेतावनी


जनकपुरधाम । जनकपुरधामस्थित नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समितिको कार्यालय निर्माणस्थलमा साउन २७ गते भएको हिंसात्मक आक्रमणप्रति प्रेस चौतारी नेपालले तीव्र आक्रोश व्यक्त गर्दै दोषीमाथि तत्काल कानूनी कारबाहीको माग गरेको छ। संगठनले घटनालाई प्रेस स्वतन्त्रतामाथि गरिएको ठाडो युद्धको घोषणा बराबर भनेको छ।

घटनामा नेपाल बार एसोसिएसन धनुषाका पदाधिकारीहरूको नेतृत्वमा कार्यालय निर्माणस्थल कब्जा गर्ने प्रयास गर्दै पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति र पत्रकार दिवाकर साहमाथि समन्वित हमला गरिएको थियो। आक्रमणका क्रममा महासचिव क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको छ ।

“बार एसोसिएसनको आवरणमा गरिएको गुण्डागर्दीले न केवल पत्रकार समुदायलाई अपमानित बनाएको छ, यो कार्यले न्यायप्रेमी समाजकै मुटुमा चोट पुर्‍याएको छ,” प्रेस चौतारीको विज्ञप्तिमा उल्लेख छ। संगठनले घाइते पत्रकारहरूको सम्पूर्ण उपचार खर्च अपराधी पक्षबाट असुल गर्न, घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने ग्यारेन्टी गर्न राज्यलाई अल्टिमेटम दिएको छ । प्रेस चौतारीले चेतावनी दिँदै भनेको छ – “यदि राज्य मौन रह्यो भने, हामी प्रतिकारका लागि सडकदेखि सदनसम्म उत्रन बाध्य हुनेछौं ।”

प्रकाशित मिति : २०८२, २९ श्रावण बिहीबार  ८ : १९ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष