२०८३, २१ आश्विन बिहीबार

चीनका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओ अनुसन्धानका लागि नियन्त्रणमा

चीनका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओ अनुसन्धानका लागि नियन्त्रणमा


बेइजिङ । चीनका उच्चस्तरीय कूटनीतिज्ञ र सम्भावित भावी विदेशमन्त्री लिउ जियानचाओलाई चिनियाँ अधिकारीहरूले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छन् ।

जुलाईको अन्त्यमा विदेशी भ्रमणबाट बेइजिङ फर्किएपछि उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ६१ वर्षीय लिउ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुखको रूपमा कार्यरत थिए, जहाँ उनले विदेशका राजनीतिक दलहरूसँग सम्बन्ध व्यवस्थापन गर्ने जिम्मेवारी सम्हाल्दै आएका थिए । सन् २०२२ मा पदभार सम्हालेपछि उनले २० भन्दा बढी देश भ्रमण गरेका थिए र १६० भन्दा बढी देशका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । लिउको सक्रिय कूटनीतिक भूमिका, विशेषगरी वासिङ्टनमा अमेरिकी पूर्व विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँगको भेटपछि उनी चीनका भावी विदेशमन्त्रीका रूपमा हेरिन थालेका थिए ।

उनीमाथिको अनुसन्धानको कारण सार्वजनिक गरिएको छैन । चिनियाँ अधिकारीहरूले पनि यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । यो घटनालाई सन् २०२३ मा विदेशमन्त्री छिन काङ पदमुक्त गरिएपछिको कूटनीतिक वृत्तमा सबैभन्दा ठूलो अनुसन्धानको रूपमा हेरिएको छ ।

लिउले बेलायत, इन्डोनेसिया र फिलिपिन्समा राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले बेइजिङ फरेन स्टडिज युनिभर्सिटी र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ९ : ४७ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष