२०८३, २१ आश्विन बिहीबार

राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा

राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा


काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ विषयक कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविधानमा राजनीतिक रुपमा महिलाहरुलाई अगाडि बढाउनको लागि महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताए । उनले भने, ‘नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सरकारकै पालामा संविधान सभाबाट संविधान जारी गरि राजनीतिक रुपमा महिलाहरुलाई अगाडि बढाउनको लागि राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानिय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेका छौ ।’

यस्तै, उनले लैंगिक संवेदनशीलताको विषय सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण भएको भन्दै यो विषयमा संवेदनशिल बन्ने हो भने मात्र सम्मानित र सुरक्षित समाज निर्माण गर्न सक्ने बताए ।  उनले भने, ‘लैंगिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र समस्या होईन् । यो सामाजिक रुपान्तरणको लागि पनि महत्वपूर्ण विषय हो । हामी सबै यो विषयमा संवेदनशिल बन्ने हो भने मात्र सम्मानित, सुरक्षित, समावेशि समाज निर्माण गर्न सक्छौ भन्ने हाम्रो विश्वास छ ।’

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : २६ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष