२०८२, २८ कार्तिक शुक्रबार

राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा

राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा


काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ विषयक कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविधानमा राजनीतिक रुपमा महिलाहरुलाई अगाडि बढाउनको लागि महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताए । उनले भने, ‘नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सरकारकै पालामा संविधान सभाबाट संविधान जारी गरि राजनीतिक रुपमा महिलाहरुलाई अगाडि बढाउनको लागि राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानिय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेका छौ ।’

यस्तै, उनले लैंगिक संवेदनशीलताको विषय सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण भएको भन्दै यो विषयमा संवेदनशिल बन्ने हो भने मात्र सम्मानित र सुरक्षित समाज निर्माण गर्न सक्ने बताए ।  उनले भने, ‘लैंगिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र समस्या होईन् । यो सामाजिक रुपान्तरणको लागि पनि महत्वपूर्ण विषय हो । हामी सबै यो विषयमा संवेदनशिल बन्ने हो भने मात्र सम्मानित, सुरक्षित, समावेशि समाज निर्माण गर्न सक्छौ भन्ने हाम्रो विश्वास छ ।’

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : २६ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई