२०८३, १२ कार्तिक बिहीबार

दिउँसो खनाल–गौतम भेटवार्ता, राति नेकपा एसको बैठक रद्दको सूचना

दिउँसो खनाल–गौतम भेटवार्ता, राति नेकपा एसको बैठक रद्दको सूचना


काठमाडौं । नेकपा एकीकृत समाजवादीको पूर्व निर्धारित वैठकहरु अचानक पछि सरेको छ । नेकपा एकीकृत समाजवादीले शनिबार राति ९ बजेतिर केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई ह्वाट्सएफमार्फत निर्धारित बैठक रद्द भएको सूचना पठाएको हो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पूर्व निर्धारित केन्द्रीय कमिटी, स्थायी र पोलिटब्युरो बैठक २० दिनपछि बस्ने संशोधित सूचना थियो पठाएको हो ।

पार्टी विभाजनको औचित्य पुष्टि नभएको अभिव्यक्तिपछि चर्चामा आएका सम्मानित नेता झलनाथ खनाललाई भेट्न तेस्रो वरियताका नेता वामदेव गौतम शनिवार नै खनाल निवास डल्लु पुगेका थिए । गौतम र सम्मानीत नेता खनालबीच झण्डै चार घण्टा लामो भेटवार्ता भएको थियो ।

उक्त भेटले आफूमाथि घेराबन्दी भएको महसुस गरेपछि अध्यक्ष नेपालले दिउँसै महासचिव घनश्याम भुसाललाई बैठक रद्द गर्न भनेका थिए । तर, उनले राति मिति संशोधन भएको सूचना उक्त पार्टीका केन्द्रीय नेतालाई समेटिएको ह्वाट्सएप ग्रुपमा पठाएका हुन् ।

‘यो कस्तो खेलाँची हो, बिहान ७–८ गते भन्ने, बेलुकी २७–२८’, केन्द्रीय सदस्य अम्बिका राईले प्रतिक्रिया दिइन्।पोलिटब्युरो सदस्य केशव विष्टले लेखे, ‘अपरिपक्वता देखिन्छ चाडपर्व परे नपरेको त हिजोको सूचना निकाल्दै हेर्नुपर्छ ।’

झलनाथका स्वकीय सचिव कृष्ण भट्टराई लेख्छन्, ‘अपरिपक्व निर्णय ।’ स्थायी कमिटी सदस्य परमानन्द भट्टले शीर्ष नेता नमिलेसम्म बैठक राख्न नहुने धारणा ग्रुपमा व्यक्त गरेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीय नेता खनालबीच ‘वाकयुद्ध’ चलिरहेको छ । उनीहरु एकले अर्कालाई आरोप लगाउँदै पार्टी छोडेर जान समेत भनिरहेका छन् ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : २८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता