२०८३, १५ असार मंगलबार

आज पहाडी भू–भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

आज पहाडी भू–भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह


काठमाडौं । देशभर मनसुन सक्रिय रहेका कारण आइतबार देशका विभिन्न पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

हाल देशभर सामान्य बदली भएको मौसमविद्हरूले बताएका छन् । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले नेपालको तराई क्षेत्रमा सक्रिय रहेकाले वर्षा बढ्ने क्रम जारी रहेको विभागले जनाएको छ ।

दिउँसो र राति दुबै समयमा देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । आज दिउँसो विशेषगरी सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानहरूमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका पहाडी भू–भागका केही स्थान र अन्य भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।

वर्षा बढेसँगै बाढी, डुबान र पहिरोको सम्भावना उच्च हुने भएकाले विभागले सर्वसाधारणलाई सतर्क रहन र मौसमसम्बन्धी पछिल्लो जानकारी नियमितरूपमा लिन आग्रह गरेको छ । स्थानीय प्रशासन, विपद् व्यवस्थापन निकाय र सरोकारवाला पक्षहरूलाई समेत आवश्यक तयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ७ : ४४ बजे

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड

दाङ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट नेताहरूको लुम्बिनी

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मतपरिणाममा देखिएको त्रुटि

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल (Voice of

कोशी बजेट विवाद मिलाउन कार्यदल, संशोधनमै कानुनी अन्योल

विराटनगर । कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद