२०८३, २१ आश्विन बिहीबार

ओली विनाको एमालेको कल्पना सम्भव छैन : पोलिटब्युरो सदस्य पाल

ओली विनाको एमालेको कल्पना सम्भव छैन : पोलिटब्युरो सदस्य पाल


कन्चनपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली विनाको एमाले र एमाले विनाको नेपालको कल्पना नै असम्भव भएको स्पष्ट संकेत गरेकी छन् प्रेस चौतरी नेपाल सुदुरपशिच्म प्रदेशको वैठ्क तथा प्रशिक्षण कार्यक्रम मा धारणा राख्दै पालले भनिन्, “केपी ओली विनाको एमाले, एमाले विनाको नेपाल र समृद्धि — यो सबै कल्पनाबाहिरको कुरा हो। यस्तो सपना कोही कसैले नदेखे हुन्छ।” उनको भनाइ अनुसार, अध्यक्ष ओलीकै नेतृत्वमा एमालेले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको छ र आगामी दिनमा पनि त्यही नेतृत्व अपरिहार्य छ।

पोलिटब्युरो सदस्य पालले केन्द्रीय कमिटीको पछिल्लो निर्णयलाई ‘विधान महाधिवेशनको सार’ भन्दै त्यसमा सम्पूर्ण पार्टी पंक्तिको समर्थन आवश्यक रहेको बताइन्। “केन्द्रीय कमिटीको निर्णय नै विधान महाधिवेशनको सार हो, संकेत हो,” भन्दै उनले सबै एमाले कार्यकर्तालाई त्यसमा एकजुट हुन आह्वान गरिन्। उनको धारणा एमालेभित्र नेतृत्व र अनुशासनको विषयमा बढ्दो बहसबीच आएको हो। एमालेले चाँडै विधान महाधिवेशनको तयारी गरिरहेको सन्दर्भमा पालको यो वक्तव्य पार्टीको आधिकारिक लाइनलाई समर्थन गर्ने खालको देखिएको छ।

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार  २ : १३ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक