२०८३, २९ भाद्र मंगलबार

प्रधानमन्त्री ओलीद्वारा भू आवद्ध मुलुकहरूको विकासका लागि दक्षिण-दक्षिण सहयोग सुदृढ गर्न चार बुँदे रणनीति प्रस्ताव

प्रधानमन्त्री ओलीद्वारा भू आवद्ध मुलुकहरूको विकासका लागि दक्षिण-दक्षिण सहयोग सुदृढ गर्न चार बुँदे रणनीति प्रस्ताव


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भू आवद्ध विकासशील मुलुकहरूको समुन्नत भविष्यका लागि दक्षिण दक्षिण सहयोगलाई सशक्त बनाउँदै चार बुँदे रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

बुधबार बिहान १० बजे सुरु भएको दक्षिण दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठक को उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भू आवद्ध मुलुकहरूको समृद्धि सुनिश्चित गर्न अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय एकता, र प्रविधि रूपान्तरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, आजको प्रविधियुक्त र परस्पर जडानयुक्त विश्वमा भूगोलले मानवीय सम्भावनालाई अवरुद्ध गर्नु हुँदैन। तर, भू आवद्ध मुलुकहरूको लागि भौगोलिक सीमा अझै पनि संरचनात्मक बाधाका रूपमा रहेको छ।

चार बुँदे रणनीति प्रस्ताव

१.क्षेत्रीय एकता प्रवर्द्धनका लागि भौतिक र डिजिटल पूर्वाधारमा लगानी गर्न दक्षिण-दक्षिण तथा त्रिपक्षीय सहयोगलाई सुदृढ बनाउने।

२. सीमापार व्यापार र लगानीलाई सहज बनाउन व्यापार तथा पारवहन मार्गहरूको विकास, पूर्वाधार आधुनिकीकरण र भन्सार प्रक्रियाको समन्वय गर्ने।

३. भू-आवद्ध मुलुकहरूको पूर्वाधार परियोजनामा वित्त उपलब्ध गराउन विशेष ‘पूर्वाधार लगानी कोष (Infrastructure Investment Facility)’ स्थापना गर्ने।

४ . डिजिटल प्रविधिको उपयोग बढाउँदै, विश्व डिजिटल अर्थतन्त्रमा समावेशी सहभागिता सुनिश्चित गर्ने।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  १२ : ३९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक