२०८३, १३ कार्तिक शुक्रबार

प्रतिनिधि सभाको बैठक बस्दै, औद्योगिक सम्पत्ति र भन्सार विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, औद्योगिक सम्पत्ति र भन्सार विधेयकमाथि छलफल हुने


काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा आज (बुधबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यक्रम छ। सो विधेयकले औद्योगिक सम्पत्तिको व्यवस्थापन, दर्ता र संरक्षणसम्बन्धी कानुनी आधार तयार गर्ने उद्देश्य राखेको छ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रिय सभाबाट भएका संशोधनहरूलाई प्रतिनिधि सभाले स्वीकार गर्ने प्रस्ताव पेश गर्ने छन्। सो विधेयकले भन्सार प्रणालीलाई थप प्रभावकारी बनाउने, राजस्व संकलन सुधार गर्ने तथा व्यापार सहज बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : ०४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित